YouTube Link

वंशजको आधारमा नागरिकता दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

World Cup 2026
Facebook Link

काठमाडौं: सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने गृह मन्त्रालयको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलाशले वंशजको आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने निर्णय तत्कालका लागि यथास्थितिमा राख्न आदेश जारी गरेको हो ।

अदालतले जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिनुपर्ने अवस्थाबारे कारण देखाउ आदेश जारी गर्दै सम्बद्ध पक्षलाई वैशाख ३ गते छलफलका लागि समेत बोलाएको छ । अधिवक्ता न्यौपानेले आइतबार सर्वोच्च अदालतमा रिट दायर गर्दै जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिर्ने गृह मन्त्रालयको निर्णय र परिपत्र खारेज हुनुपर्ने माग दाबी गरेका थिए । न्यौपानेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सोमबार सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।

गृह मन्त्रालयले गत मंगलबार (चैत १९ गते) सबै जिल्ला प्रशासन कार्यालयले पत्र लेख्दै जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गर्न निर्देशन जारी गरेको थियो । चैत १९ गते नै गृहमन्त्री राम बहादुर थापा (बादल)ले जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गर्ने भनी निर्णय गरेका थिए ।

गृहमन्त्रीको उक्त निर्णयको तराईंका जिल्लामा स्वागत भएपनि धेरै ठाउँबाट विरोध जनाइएको छ । सत्तारुढ दल नेकपा भित्रै नेताहरुले जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गरिनु अनुपयक्त भएको भन्दै विरोध जनाइरहेका छन् । गृह मन्त्रालयले जारी गरेको परिपत्र पछि बढीजसो तराईंका जिल्लामा जन्मसिद्धका सन्तालाई वंशजको आधारमा नागरिकता प्रदान गर्न थालिएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...