YouTube Link

ओलीले रिजेक्ट गर्न चाहेका यी मन्त्री

World Cup 2026
Facebook Link

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रीपरिषदमा रहेको केही मन्त्रीसँट रुष्ट मात्र होईन आउट गर्न चाहेका छन् ।

मन्त्रीहरुको कार्यशैलीका कारण प्रधानमन्त्री रुष्ट मात्र रिजेक्ट नै गर्न चाहेका हुन । केही समयअघि नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको म्याद थपको फाइल मन्त्रीपरिषदको बैठकमा नल्याएको र म्याद सकिएपछि जनविरोध आउदा प्रधानमन्त्रीलाई देषी देखाएपछि जलस्रोत तथा उर्जामन्त्री वर्षमान पुन अनन्तसँग उनी सबैभन्दा बढी रिसाएका छन् ।

वर्षमानलाई प्रधनमन्त्री ओलीले वैठकमै हप्काएका थिए । आफ्नो सचिवालयको मिस्टेकका कारण घिसिङलाई म्याद थपको फाइल मन्त्रीपरिषदमा लैजान नसकेपनि उनले त्यसबेला प्रधानमन्त्री ओलीमाथि दोष थुपार्दै पन्छिन खोजेका थिए ।

त्यो कुरा थाहा पाएपछि प्रधानमन्त्री ओलीले हप्काउदा माफ पाऊ हजुर भन्न पुगेका थिए वर्षमान ।
यस्तै कृषिमन्त्री घनश्याम भुषालसँग पनि प्रधानमन्त्री ओली रुष्ट भएका छन् । भुषालले कृषकलाई चाहिने मल समयमै ल्याउन नसकेका कारण उनको कार्यक्षमतामाथि नै प्रश्न उठाउदै उनीमाथि खनिन पुगेका हुन ।

समाजवादको राम्रो व्याख्याता मासिनएको भुषाल सैद्धान्तिक कुरामा मात्र पोख्त रहेछन् उनी व्यवहारमा साह्रै कच्चा भएको प्रधानमन्त्री ओलीको निष्कर्ष छ ।

त्यसैगरी शिक्षामन्त्री गिरीराजमणी पोखरेलसँग पनि प्रधानमन्त्री ओली रुष्ट भएका छन् । उनले केही समयअघि नेपालको लिम्पियाधुरा, लिपुलेक लगायत क्षेत्रलाई समेटेर बनाएको नक्सा सहितको पुस्तक विवादमा आएका कारण रुष्ट भएका हुन । उक्त पुस्तक विवादास्पद देखिएपछि प्रधानमन्त्रीले एकाएक उक्त पुस्तकको वितरणमा रोक समेत लगाएका छन् । नक्सा बनाउदा वास्तविकतामा आधारित भएर नबनाएको नेपालको कूल क्षेत्रफल नराखेको भन्दै उक्त पुस्तक विावादमा आएको थियो ।

प्रधानमन्त्री ओलीले नयाँ मन्त्रीमण्डल पुर्नगठनका बेला यी मन्त्रीलाई साइड लगाई नयाँ मन्त्री ल्याउनेगरी गृहकार्य गरेको हो कि भन्ने अड्कल पनि गर्न थालिएको छ ।

मन्त्री छान्नकै लागि आज बस्ने भनिएको सचिवालय बैठक स्थगित हुन पुगेको छ । यसरी सचिवालय बैठक नै स्थगित हुनुलाई पनि अहिले निकै महत्वका साथ हेरिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...