रामेछापको मन्थलीमा इन्जिनियरिङ मिट सप सञ्चालनमा
वि.सं.२०७७ असोज १७ शनिवार १३:२३
3.2K
shares
रामेछाप : रामेछापको सदरमुकाम मन्थलीमा इन्जिनियरिङ मिट सप सञ्चालनमा आएको छ ।
इन्जिनियरिङ अध्यन गरेका दुई युवाले मिट सपको सञ्चालनको सुरुवात गरेका हुन् ।
गत असोज १५ गते रामेछापको मन्थली देवकोटा चोकमा युवा रेजन बुढाथोकि र अतिश केसीले सामुहिक रुपमा इन्जिनियरिङ मिट सपको उद्घाटन गरेका छन् ।
सपमा खशी, कुखुराको ताजा मासुका साथै माछा उपलब्ध हुने प्रोपाइटर रेजन बुढाथोकिले बताए ।
इन्जिनियरिङ अध्यन गरेर सरकारी जागिर पाउन धेरै गार्हो भएको र निजी कम्पनीको जागिरले परिवार पाल्न गार्हो हुने भएको बताउँदै यस पेसाप्रति आकर्षित भएको दुई युवाले बताएका छन् ।
वि.सं.२०७७ असोज १७ शनिवार १३:२३



















