नबिल बैंकका ग्राहकहरूलाई मोबाइल नम्बर अपडेट गर्न सुचना जारी
वि.सं.२०७७ असोज १६ शुक्रवार २२:०४
1.8K
shares
काठमाडौं: नबिल बैंकले ग्राहकहरूले बैंकमा खाता खोल्दा रजिस्टर गरेको मोबाइल नम्बर एक वर्ष यता प्रयोग गरिएको छैन भने तुरुन्तै अपडेट गर्न सुचना जारी गरेकाे छ ।
दूरसञ्चार सेवा प्रदायकहरूले एक वर्षसम्म प्रयोगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयोग कर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएको बताउँदै बैंकले ग्राहकहरूलाई नम्बर अपडेट गर्न आग्रह गरेको हाे ।
वि.सं.२०७७ असोज १६ शुक्रवार २२:०४




















