कोरोना संक्रमण झन आक्रामक रुपमा बढ्दै, एकै दिन १३५१ लाई संक्रमण
वि.सं.२०७७ असोज १२ सोमवार १७:१८
2.5K
shares
काठमाडौं : देशभर १३५१ जनामा कोरोना संक्रमण भएको छ । कोरोनाका कारण पछिल्लो २४ घण्टाभित्र उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
यो संख्याले कारोना झन आक्रामक रुपमा अघि बढेको देखिन्छ ।
काठमाडौ उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा ८१७ लाई कोरोना भएको मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौमा सबैभन्दा बढी ६४९ लाई कारोना भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनामा कोरोना संक्रमण भएको हो ।
देशभर कोरोनाको कारण मृत्यु हुनेको संख्या ४८१ पुगेको छ । त्यस्तै देशैभर सकृय कोराना संक्रमितको संख्या १९ हजार ६२४ पुगेको छ ।
यस्तै आज देशभर ८ हजार ६९५ संस्थागत आइसोलेशन र १० हजार ९२९ जना होम आइसोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
डा. गौतमका अनुसार बितेको २४ घण्टामा थप ७४२ जना निको भएका छन् भने निको हुनेको कुल संख्या ५४ हजार ६४० पुगेको छ ।
त्यसैगरी हालसम्म देशमा परीक्षण भएकामध्ये पोजेटिभ केस भने ७४ हजार ७४५ पुगेको छ ।
वि.सं.२०७७ असोज १२ सोमवार १७:१८




















