सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्कान होम अफ होपलाई आर्थिक सहयोग
वि.सं.२०७७ असोज ६ मंगलवार २३:२१
2.4K
shares
काठमाडौं: सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुस्कान होम अफ होपलाई दुई लाख पचास हजार रुपैंया आर्थिक सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरको धोबिघाट स्थित मुस्कान होम अफ होपलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
बैंकको तर्फबाट नायव महाप्रबन्धक अपुर्व प्रसाद जोशीले मुस्कान होमका अध्यक्ष श्रीमती सुमती कर्माचार्यलाई चेक हस्तान्त्तरण गर्नु भएकाे हाे ।
बैंकले गरेको आर्थिक सहयोगले मुस्कान होममा आश्रित बौद्धिक तथा शारीरिक अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरुका लागि निःशुल्क खाना, आवास तथा शिक्षामा सहयोग पुग्ने छ ।
बैंकले बैंकिङ्ग सेवाको अतिरिक्त देशभर रहेका ९१ शाखा कार्यालयहरुबाट आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आइरहेको छ ।
वि.सं.२०७७ असोज ६ मंगलवार २३:२१



















