YouTube Link

यती एअरलाइन्सद्वारा आन्तरिक हवाई सेवा सुरु

World Cup 2026
Facebook Link

काठमाण्डौं: सरकारले सोमबारबाट एअरलाइन्स कम्पनीहरुलाई २५ प्रतिशतसम्म उडानको अनुमति दिएसंगै झन्डै ६ महिनापछि सोमबारबाट आन्तरिक हवाई सेवा सुरु भएको छ।

निजी लगानीमा सञ्चालित हवाई क्षेत्रको अग्रणी संस्थाको रुपमा रहेको यती एअरलाइन्सले चालकदल, यात्रु र कर्मचारीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि उच्च सर्तकता अपनाएर हवाई उडान सुरु गरेको छ।

एअरलाइन्सले आफ्नो २२ औँ स्थापना दिवसका अवसरमा पत्रकार सम्मेलन गरी हवाई उडान सुरु गरेको जानकारी गराएको हो। यससँगै पर्यटन उद्योगलाई बचाउन तथा आन्तरिक पर्यटनलाई चलायमान बनाउनका लागि ‘आन्तरिक पर्यटनका लागि सँगैसँगै’ भन्ने नारालाई अगाडि सारेको यती एअरलाइन्सले होटल, ट्राभल्स, ट्रेकिङ कम्पनीहरुको सहकार्यमा सहुलियत दरमा भ्रमण प्याकेजसमेत अगाडि सारेको छ।

प्योकजमा पोखरा, एभरेस्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, जंगल सफारी चितवन र रारा भ्रमण, काठमाण्डौ आउनेका लागि पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारबाट दुईतर्फी हवाई टिकटसहित बस्ने होटलको व्यवस्था मिलाएको एअरलाइन्सले जनाएको छ।

‘अब एअरलाइन्स उड्नमात्र होइन, घुम्न पनि’ भन्ने सन्देश आम यात्रुलाई दिनका लागि भ्रमण प्याकेज खरिद गर्ने पहिलो १०० जना खरिदकर्ता यात्रुलाई आकर्षक उपहार प्रदान गर्नुका साथै भ्रमण प्याकेज खरिदकर्ता यात्रुले सप्ताहव्यापी ‘लक्की ड्र’ मार्फत आकर्षक उपहार प्राप्त गर्नसक्ने यती एअरलाइन्सले जनाएको छ।

यती एअरलाइन्सले आफ्नो २२ औँ स्थापना दिवसका अवसर पारेर आजैदेखि ‘यती एअरलाइन्स मोबाइल एप’ समेत सञ्चालनमा ल्याएको छ। अब मोबाइल एपको माध्यामबाट टिकट बुकिङ गरे विशेष छुटको व्यवस्थासमेत लिन सकिने एअरलाइन्सले जनाएको छ। यती यती एअरलाइन्सले यात्रालाई सुरक्षित राख्न हरेक प्रयोगपश्चात वायुयान, यात्रु ओसारपसार गर्ने सवारीसाधन, ब्यागेज ट्रली तथा उपकरणको अनिवार्य निसंक्रमण गर्ने, कार्गो तथा लगेजहरुको आवश्यकताअनुसार निसंक्रमण गर्ने व्यवस्था मिलाएको जनाएको छ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

विदेशी पर्यटकको सुरक्षाका लागि ट्र्याकिङ प्रणाली प्रभावकारी बनाउन अभिमुखीकरण

विदेशी पर्यटकको सुरक्षाका लागि ट्र्याकिङ प्रणाली प्रभावकारी बनाउन अभिमुखीकरण

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:३६

काठमाडौं । अध्यागमन विभागले विदेशी पर्यटकको सुरक्षा, सेवा प्रवाहको गुणस्तर...

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:१८

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८१/८२...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...