अनलाइन माध्यमबाट कमाएको विदेशी मुद्रालाई बैंकिङ प्रणाली मार्फत् नेपाल सजिलै भित्र्याउन सकिने
वि.सं.२०७७ असोज २ शुक्रवार १०:३९
1.9K
shares
काठमाडौं: अनलाइन माध्यमबाट कमाएको विदेशी मुद्रा नेपाल भित्र्याउन अब सजिलो हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले युट्युब, फेसबुक लगायतका सामाजिक सञ्जाल तथा बौद्धिक सम्पत्ति वा दक्षता अनलाइन बिक्री बापत् प्राप्त हुने विदेशी मुद्रालाई बैंकिङ प्रणाली मार्फत् नेपाल भित्र्याउने बाटो खुला गरेको हो ।
नेपाल राष्ट्र बैङ्कको भुक्तानी प्रणाली विभागले त्यस्तो रकमलाई स्वदेशी बैङ्क खातामै जम्मा गर्न सकिने र तोकिएको सीमा अनुसार स्वदेशी मुद्रामा रकमान्तर समेत गर्न सकिने व्यवस्था गरेको हो । यसअघि यस्तो भुक्तानी वेष्टर्न युनियन मनि ट्रान्सफर लगायत रेमिट्यान्स कम्पनीमार्फत् हुँदै आएको थियो ।
विभागले बिहीबार सूचना जारी गर्दै अनलाइन वित्तीय सेवामार्फत् नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न व्यवस्था गरिएको जानकारी दिएको हो । त्यस्तो रकम सुरुमा स्वदेशी बैङ्क खातामा विदेशी मुद्राको रुपमा जम्मा हुन्छ । आवश्यकता अनुसार तोकिएको सीमाभित्र रहेर त्यस्तो रकमलाई स्वदेशी रकमान्तर गर्न सकिन्छ ।
वि.सं.२०७७ असोज २ शुक्रवार १०:३९



















