ग्लोबल आइएमई बैंकद्वारा दुई शाखा रहित बैंकिङ् सेवाको शुरुवात
वि.सं.२०७७ असोज २ शुक्रवार १३:४३
1.3K
shares
काठमाडौं: ग्लोबल आइएमई बैंकले सिन्धुपाल्चोकको गोरथली र झापाको ज्यामिरगढीमा नयाँ शाखा रहित बैंकिङ् सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. १, अमादिंग गोरथली शाखामा प्रतिनिधिको रुपमा साङ्गे शेर्पा र झापा जिल्लाको मेची नगरनगरपालिका वडा नं. १५,ज्यामिरगढी शाखामा प्रतिनिधिको रुपमा तीर्थराज काफ्लेलाई नियुक्त गरेको छ ।
शाखा रहित बैंकिङ् सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम, सिडिएमए , युटिएल, एनटिसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्ने बैंकले जनाएको छ ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९शाखा सञ्जाल सहित२३४ एटिएम, ४३एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २२०शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि-सम्पर्क कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ।
वि.सं.२०७७ असोज २ शुक्रवार १३:४३



















