Texas College
YouTube Link

उपत्यका भित्र ह्यान्ड सेनिटाइजरमा विषाक्त रसायन भेटियो

Facebook Link

काठमाडौं: काठमाडौं उपत्यका भित्र पाँच उद्योगले बजारमा ल्याएका ह्यान्ड सेनिटाइजरमा विषाक्त रसायन भेटिएको छ।

 

निर्धारित मापदण्ड विपरीत विषाक्त रसायन मेथानोल समावेश भएको पाइएपछि पाँच उद्योगका ह्यान्ड सेनिटाइजर प्रयोग साथै उत्पादनमा औषधी व्यवस्था विभागले रोक लगाएको छ।

 

बजारमा बिक्री वितरण भइरहेका ह्यान्ड सेनिटाइजरका नमूनाहरू संकलन गरेर  जाँच गर्दा उक्त मेथानोल समावेश भएको पाइएको छ । उक्त विषाक्त रसायनले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक पर्ने हुनाले सर्वसाधारणलाइ प्रयोग नगर्न विभागले जनाएको छ।

 

काठमाडौंका चार र भक्तपुरको एउटा उद्योगले उत्पादन गरेका Instant Hand Sanitizer, Instant hand Sanitizer Original, Advanced Hand Sanitizer, Instant Hand Sanitizer Refreshing Gel र Suryamukhi Hand Sanitizer मा उक्त रसायन भेटिएकोले उत्पादन तथा बिक्री वितरण अविलिम्ब रोक्का राख्न विभागले सरोकारवालालाई सचेत गराएको छ।

 

कोरोना संक्रमणको महामारी बढ्दा बजारमा सेनिटाइजर र मास्कको बिक्री बढेको छ। नेपाली उद्योगीहरूले मास्क र सेनिटाइजर उत्पादनका लागि सरकारले तोकेको मापदण्डमा रहन विभागले उद्योगीहरूलाई सचेत गराएको छ।

 

जथाभावी गरेर बजारमा ल्याउँदा जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पर्छ। त्यस्तो गर्नु अपराध हो र गुणस्तरहीन उत्पादन गर्नेलाई कारबाही हुने विभागले जनाएको छ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...