YouTube Link

वेश्या र महावेश्या

Facebook Link
vision

विपन्नमा कोही शरीर बेच्छिन्, तर मनको भने उनी कुमारी हुन्छिन् । कोहीकोही सम्पन्नतामा पनि आफ्नो शरीर बेच्छिन, बेच्छन् तर पैसाको लागि होइन । केवल ऊ आफ्नो यौवनको आगो निभाउँन चहान्छिन्/ चहान्छन् विपरित लिङ्बाट ।

तर कोहीकोही यी दुबैमध्ये कुनै गर्दिनन्/गर्दैनन् तर पनि ऊ व्यभिचार गरिरहन्छिन्/गरिरहन्छन् तर शरीरले होइन, केवल मनले । तर पनि उ बाहिरबाट पवित्र देखिरहेको हुन्छ । समाजको चश्मामा । तर उसैलाई थाहा छ कि ऊ कत्तिको पवित्र अथवा दूषित भन्ने कुरा । यिनीहरू, यौनप्यासको तन्द्रमा लठ्ठिरहेको हुन्छ । भित्रभित्रै यौनको कुहिएको तालमा मनमनै गोता लगाईरहेको हुन्छ ।

तर समाजहरू, वेश्यालाई मात्रै घृणा गर्छन् । एकतर्फी वेश्यालाई मात्रै, घृणा र पतितको चश्माबाट हेर्छन् । फेरि त्यही समाजभित्रबाट केही व्यक्ति भने, त्यही वेश्याहरूबाट यौनप्यास मेटाई तृप्त हुन्छन् । जबकी, उनीहरूको घरमा धर्मपत्नी रहन्छ र खुट्टा धुएर पानी खाइ, लोग्नेको लामो आयुको प्रार्थाना गर्छन् । तर पुरुषहरू उनै पवित्रपत्नीलाई धोका दिइरहेको हुन्छ । तर व्यभिचारीको तुस भने कहिल्यै मरेको हुन्न त्यस्ता पुरुषहरूमा ।

यदि, वेश्या बन्नु घृणित काम हो भने, वेश्यहरूसँग गई यौनप्यास मेटाएर आउने पुरुषहरू कसरी साध्य हुन सक्छ ? पुरुषहरू, वेश्या नै भएपनि, एकछिनको चरम आनन्द लिएर तृप्त हुन चहान्छन् तर त्यही वेश्यालाई, अर्धाङ्गिनी बनाउन भने कदापी स्वीकार्दैनन् ।

किनकि, उनीहरू आफ्नो पत्नीमा सतीत्व खोज्छन् । तर आफूहरू भने, आफ्नो पतित्व गुमाएका हुन्छन् । पत्नीहरू भने, पतित्व गुमाएका पतिहरूलाई पनि स्वीकार्नु बाध्य हुनुपर्छ । यो हो हाम्रो खोक्रो आदर्शको कालो डरलाग्दो वास्तविकता ।

तर यही घृणित काम पत्नीहरूले गरेको भए, पतिहरू आफ्ना पत्नीहरूलाई घर निकाला गरिदिन्छ । के शुद्धता भनेको केवल नारीहरूले मात्रै राख्नु पर्ने हो र ? पुरुषहरूको कुनै दायित्व हुन्न यसमा ? सोही काम मजबुरीमा गरे नारीहरूले, वेश्या कहलिने, तर त्यही वेश्याबाट तृप्त हुने पुरुषहरू भने, अगेना माथिको ओभानोको ओभानो नै रहिरहने ।

कोहीकोही पत्नीहरू पनि छन् यस्ता, आफ्ना रामजस्ता पतिलाई विश्वासघातको थाङ्नामा सुताएर पर पुरुषसँग यौनप्यास मेटाई आफू तृप्त हुन्छिन् र पतिलाई शंकासम्म हुन दिदिनन् । पतिको नजरको सामुन्ने एक कुशल प्यारी अर्धाङ्गिनी पतिव्रतताको अभिनय गरिरहने यस्ता स्त्रीको पनि, मनबाट व्यभिचारको तुस कहिल्यै हराएर जाँदैन ।

जबकी, विपन्नतमा वेश्यवृत्ति गर्ने र सम्पन्नतामा यौनप्यास मेटाउने दुबैको स्त्रीको यौनाङ्ग र परस्त्रीसङ्ग यौनप्यास मेटाउने पुरुषको यौनाङ्गमा कुनै भिन्नता छैन । आखिरी सन्तुष्ट हुनेचीज भनेको स्खलन नै त हो ।

फेरि किन यिनीहरू सन्तुष्ट हुन्नन् ? यिनीहरूमा किन यसरी निकोटिनको तलतल जिउँदो भएर जन्मिरहन्छ ? यसरी यौनतृप्त भएपछि पनि ।

मत भन्छु, यस्ता स्त्री र पुरुषहरू झनै, महाको वेश्या हुन् । किनकि, यिनीहरूमा धोका र विश्वासघातको कालो पर्दा लागेको हुन्छ । तर वेश्यामा भने, इमान्दारीको खुला नीलो आकाश भेटिन्छ ।

फेरि किन वेश्यामात्रै, घृणाको पात्र बनिरहनु पर्ने ? वेश्याहरू शरीरले व्यभिचारी गर्छ तर मनमा व्यभिचार हुँदैन । तर जसले शरीरले गर्दैन व्यभिचार, तर उसको मनले भने व्यभिचार गरिरहेको हुन्छ । केवल उसको मनको व्यभिचारको तुस भने सँधै बसिरहन्छ ।

अब भन्नुस् ए समाज हो ! को हो ठूलो व्यभिचारी ? शरीरबाट गर्नेकी, मनबाट गर्ने व्यभिचार ठूलो ? अभाव अथवा वाध्यतामा, शरीरको व्यापार गर्ने वेश्या कि केवल यौनतृप्त हुनको लागि, आफ्नै विश्वासलाई, तिलाञ्जली दिने वेश्या ? जसले मनबाट व्यभिचार गरिरहेको हुन्छ । अवश्य नै उसले शरीरबाट व्यभिचार गरेरै छाड्छ, मौका परे । उनीहरू घरको कुखुरालाई शिकार गर्न, घर अगाडिको दाउराको कुन्युमा लुकेर बसेको चतुरो स्याल झैं त हुन् ।

अब भन्नुस् तपाईहरू नै, को हो ठूलो वेश्या ? त्यो हिसाबले हेर्ने हो भने त म वेश्यालाई बिलकुलै पवित्र देख्छु । किनकि, उनीहरूमा छलकपट र धोका भन्ने चीजहरू बिलकुलै हुँदैहुँदैन । जस्तो जे छ, छ । उनीहरू सिसाजस्तै पार्दर्शी देखिन्छन् ।

किनकि, वेश्याहरू भन्न सक्छ, आफूलाई वेश्या हुँ भनेर । वेश्यालयमा, वेश्याहरूलाई आफू कुमारित्व रहेको प्रमाण पेश गरिरहनु पर्दैन । तर मनका व्यभिचारी पुरुष र स्त्रीहरू भने, धोकाको कालो पर्दाभित्र लुकेर यौनको खेल खेलिरहेको हुन्छ । विश्वासलाई नै विश्वासघातको धारले रेटिरहेको हुन्छ । आफूलाई समाजको सामुन्ने निर्वस्त्र भएर स्वीकार्न सक्तैनन् । उनीहरू आफ्नो लोग्ने र स्वास्नीलाई सत्य कुरा भनेर पानी परेर छ्याङ् आकाश भएजस्तो छ्याङ्ग हुनै सक्तैनन् उनीहरू ।

त्यसैले, उनीहरू वेश्याहरू भन्दा पनि महाको वेश्याहरू हुन् ।

किनकि, मोक्ष भन्ने कुरा शरीरले होइन, मनदेखि हुनुपर्दो रहेछ । जसको मनमा तुस रहिरहन्छ, उसले मोक्षको बाटो कहिल्यै पाउँदैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

वि.सं.२०८३ जेठ ६ बुधवार १२:२६

नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक...

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

वि.सं.२०८३ जेठ ३ आइतवार ११:२७

शान्ति-सुरक्षा, अमन-चैन कायम राख्न अहोरात्र खट्दै मुलुकमा उत्पन्न हुनसक्ने आन्दोलन,...