YouTube Link

सरकारको कोरोना कोषमा चारवटा वित्तीय संस्थाको १३ करोड सहयोग

Facebook Link

काठमाडौं: सरकारको कोरोना कोषमा चारवटा वित्तीय संस्थाले १३ करोड रुपैयाँभन्दा बढी सहयोग गरेका छन् ।

सरकारको कोरोना कोषमा नबिल बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र डिप्रोक्स लघुवित्त सहित चार वित्तीय संस्थाले कुल  १३ करोड २६ लाख ६१ हजार ३ सय ५० रुपैयाँ सहयोग गरेको छ ।

चारवटा वित्तीय संस्था मध्ये नबिल बैंकले ६ करोड रुपैयाँ, कृषि विकास बैंकले ४ करोड १० लाख १० हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २ करोड ६९ लाख ९३ हजार १ सय ४५ रुपैयाँ र डिप्रोक्स लघुवित्तले ४६ लाख ५८ हजार १ सय २९ रुपैयाँ सहयोग प्रदान गरेको छ ।

चारवटा वित्तीय संस्थाले सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषका नाममा काटिएको चेक अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरे ।

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आव २०७६/७७ को असारसम्ममा खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरे अनुसार वित्तीय संस्थाहरुले सो रकम सहयोग गरेका हुन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...