Texas College
YouTube Link

आजको राशिफल – Aajako Rashifal

Facebook Link

मेष – ARIES: चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बेलामा होस नपुर्याउँदा केही समस्या झेल्नुपर्ला । रचनात्मक काममा जुट्ने समय छ । तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । सहयोगीहरूको सहमति नजुट्नाले काम रोकिन सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपर्ला । आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ । हिसाबकिताबमा होसियार रहनुहोला । दिगो काम थाल्न केही समय पर्खनुपर्ने देखिन्छ ।

 

वृष – TAURUS: इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

केही कठोर नीति अवलम्बन गर्नुपर्ला । काम भने अधुरो रहनेछ । गलत चिन्तन प्रकट गर्दा स्वयं आलोचित भइनेछ । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला। तापनि मिहिनेतले अवसर भने दिलाउनेछ । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला ।

 

मिथुन – GEMINI: का, कि, कु, घ, ङ, छ, के, को, ह

गलत चिन्तनले शंका उब्जाए पनि पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । रमाइलो जमघटकाबीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। प्रयत्न गर्दा सजिलै काम सम्पादन हुनेछ ।

 

कर्कट – CANCER: हि, हु, हे, हो, डा, डि, डु, डे, डो

परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ । खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला । पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला । छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला ।

 

सिंह – LEO: मा, मि, मु, मे, मो, टा, टि, टु, टे

काम रोकिनाले उठ्नुपर्ने रकम अड्किन सक्छ । नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ । समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ । आम्दानीका नयाँ स्रोत भने फेला पर्नेछन् । पछिका लागि लगानी गर्न सकिनेछ ।

 

कन्या – VIRGO: टो, प, पि, पु, ष, ण, ठ, पे, पो

पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । आँटले काम लिन नसक्दा पछि परिनेछ । अहिलेको फाइदा हेर्दा पछिको फाइदा घट्नेछ । कामको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउनेछन् । सानातिना काममै अल्झनुपर्दा उद्देश्यबाट विमुख हुनुपर्ने स्थिति आउन सक्छ ।

 

तुला – LIBRA: र, रि, रु, रे, रो, ता, ति, तु, ते

चुनौतीका बीच अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा नयाँ काम थालनी हुनेछ । सहयोगीहरूले साथ दिनेछन् । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । तर परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला । श्रम परे पनि उचित मूल्य प्राप्त हुनेछ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय लाग्नेछ ।

 

वृश्चिक – SCORPIO: तो, ना, नि, नु, ने, नो, या, यि, यु

अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । लगानीमा जोखिम बढ्ने समय छ। गोपनीयता बाहिरिन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । श्रम परे पनि मिहिनेतको उचित मूल्य प्राप्त नहोला । प्रतिफल प्राप्त गर्न समय लाग्नेछ र न्यून उपलब्धिका लागि धेरै समय खर्च हुनेछ ।

 

धनु – SAGITTARIUS: ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ । विभिन्न सहयोग र उपहार हातलागी हुनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । अतिथिका रूपमा मानसम्मान प्राप्त होला । टाढिएका साथीभाइ पनि नजिकिनेछन् ।

 

मकर – CAPRICORN: भो, ज, जि, खि, खु, खे, खो, गा, गि

वैधानिक प्रावधानले केही अप्ठ्यारो पार्नेछ भने अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । केही चुनौतीहरू देखिनेछन् । सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन् । अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला । सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ । व्याहारिक अलमलले पनि आँटेका काममा बाधा पुर्याउनेछ ।

 

कुम्भ – AQUARIUS: गु, गे, गो, सा, सि, सु, से, सो, द

अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्ला । पेटको खराबीले स्वास्थ्य कमजोर हुन सक्छ । गुरुजनसँग मतभेद हुनाले अध्ययनमा पछि परिनेछ । समयको सदुपयोग गर्न नसकिएला । तापनि चुनौती पन्छाएर नयाँ काममा जग बसाउने अवसर प्राप्त हुनेछ ।

 

मीन – PISCES: दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आवेशको निर्णयले समस्या निम्त्याउनेछ भने अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउलान् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । मिहिनेत गर्दा जटिल काम समेत सम्पादन हुनेछ । आफन्तजनले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ ।

 

नेपाली पात्रोबाट लिईएको

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
हेर्नुहोस् आज २०८२ माघ २३ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ माघ २३ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ माघ २३ शुक्रवार ०६:४६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

हेर्नुहोस् आज २०८२ माघ १६ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ माघ १६ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ माघ १६ शुक्रवार ०६:५५

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले,...

हेर्नुहोस् आज २०८२ माघ १३ गते मंगलबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ माघ १३ गते मंगलबार तपाईको राशिफल

वि.सं.२०८२ माघ १३ मंगलवार ०६:४८

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले,...

हेर्नुहोस् आज २०८२ माघ ७ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ माघ ७ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८२ माघ ७ बुधवार ०६:४६

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले,...

हेर्नुहोस् आज २०८२ पुस २४ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ पुस २४ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८२ पुस २४ बिहीवार ०६:५८

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

हेर्नुहोस् आज २०८२ पुस १७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ पुस १७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८२ पुस १७ बिहीवार ०६:५५

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...