YouTube Link

नुवाकोटमा तीन तारे होटल खुल्ने

Facebook Link

नुवाकोट: नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा जिल्लाकै पहिलो तीन तारे (थ्री स्टार) होटल खुल्ने भएको छ । दुप्चेश्वर गाउँपालिकाको वडा नं. ७ स्थित होटल कोटबारीका नामबाट ‘थ्री स्टार’ होटल सञ्चालनमा आउन लागेको हो ।

करीब १० करोड ५० लाख रुपैयाँ लगानीमा तारे होटलको मापदण्ड भित्रका सबै सुविधा उपलब्ध गराउदै एक वर्ष भित्रमा सञ्चालनमा आउने होटलका सञ्चालक शुशिल खड्काले जानकारी दिए ।

नुवाकोटमा उद्योग बाणिज्य संघमा दर्ता भएका  करीब १ सय ५० होटल मध्य सबैभन्दा धेरै ११ करोड रुपैयाँको लगानीमा होटल वाटर टावर संचालनमा रहेको नुवाकोट उद्योग बाणिज्य संघका उपाध्यक्ष गीता अमात्यले बताइन् ।

नुवाकोटमा १ करोड रुपैयाँ भन्दा बढी लगानी भएका करीब ५० वटा होटल सञ्चालनमा छन् । नुवाकोट जिल्लाका उत्तरपूर्वी क्षेत्रमा होटल व्यवसायमा करोड भन्दा बढीको लगानी हुन लागेको यो नै पहिलो पटक हो ।

होटलले पर्यटकहरुलाई शुरुमा दुप्चेश्वर दर्शन गराई त्यसपछि सागरकुण्ड, सूर्यकुण्ड र गोसाईंकुण्ड जस्ता धार्किक एवम् पर्यटकिय स्थलहरुसम्म पदयात्राको छुट्टा छुट्टै प्याकेज बनाउने योजना बनाएको छ ।

रमणीय स्थलहरुको दृष्यावलोकन, धार्मिक स्थलहरुको भ्रमण, देशमै प्रख्यात स्थानीय समुन्द्रफिनीको चामल, तादी खोलाको असला माछा र अन्य स्थानिय कृषि उत्पादनहरुको स्वाद यस होटलको आकर्षण हुनेछन् ।

होटलले आफ्नो स्तर व्यवस्थापनका साथै सर्वसाधारणका लागि विशेष व्यवस्था मिलाउने योजना बनाएको छ ।  होटलले सामान्य ग्राहाकका लागी  छुट्टै व्यवस्था मिलाउने खड्काले बताए ।

सानो पहाडी थुम्कोमा बन्न लागेको उक्त होटलको भौतिक निर्माणको काममा कोराना भाइरसको फैलँदो सक्रमणका कारण केही समस्या देखिए पनि  होटल अन्तरगत बन्ने रेष्टुराँ आगामी ६ महिना भित्रमा सञ्चालनमा आउने उनको भनाई छ ।।

होटल कोटबारीलाई धार्मिक पर्यटनसँगै कृषि र पर्यटनलाई समेत एकसाथ जोडेर एग्रो टुरिजमको अवधारणाबाट अघि बढाउने सोचका साथ सञ्चालन गर्न लागिएको खड्काले बताए ।

२०७१ सालबाट खड्काले कोटबारी कृषि फार्ममा करीब ८२ लाख रुपैयाँ लगानी गरिसकेका छन् । होटल कोटबारीलाई एग्रो टुरिजमको अवधारणाबाट अघि बढाउने सोचका साथ सञ्चालन गर्न लागिएको खड्काले बताए ।

होटल सञ्चालन सँगै पर्यटन प्रवद्र्धनका लागि छुट्टै किसिमको प्याकेज बनाउन लागिएको खड्काले बताएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...