Texas College
YouTube Link

कृषि विकास बैंकले बिनो धितो १० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा दिने

Facebook Link

 

काठमाडौं: कृषि विकास बैंकले बिनो धितो १० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा दिने गरि गाउँपालिकासँग सम्झौता गरेको छ।

बैंकको ५ नम्बर प्रदेश कार्यालयका प्रमुख चन्द्रसिंह थापा र अर्घाखाँचीको मालारानी गाउँपालिकाका अध्यक्ष वालकृष्ण आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ ।

गाउँपालिकाको सिफारिस र परियोजनाको सम्भाव्यताको आधारमा गाउँमै आयमूलक उद्यम गर्न चाहने स्थानीय बासिन्दाहरुलाई बिभिन्न ५ प्रकारका सहुलियतपूर्ण कर्जा बिना धितो प्रदान गर्ने बैंकले जनाएको छ ।

व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा अन्तर्गत १० लाख रुपैयाँसम्म, शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख रुपैयाँ सम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाख रुपैयाँसम्म, महिला उद्यमशीलता कर्जा १० लाख रुपैयाँसम्म र दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख रुपैयाँसम्म उपलब्ध गराउने छ।

उपरोक्त बमोजिमका कर्जाहरुमा महिला उद्यमशीलताको हकमा हाल ३ प्रतिशत ब्याजदर तोकिएको छ भने अन्य कर्जाको हकमा ४ प्रतिशत ब्याजदर तोकिएको छ ।

कोभिड–१९ को महामारीको कारणबाट आक्रान्त बनेको अर्थतन्त्रलाई उकास्नको लागि स्थानीय निकायको भूमिका देखिने र देश तथा विदेशबाट फर्किएका उर्जाशील बेरोजगार युवाहरुमा उद्यमशीलता विकास गर्न बैंकले गाउँपालिकामा प्रस्ताव पेश गरेको थियो।

गाउँपालिकाले बैंकको प्रस्ताव स्वीकार गर्दै स्वरोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७७ पारित गरेको छ।

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३७

काठमाडौं: गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी...

एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

सिंहदरबारमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

सिंहदरबारमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८२ चैत २५ बुधवार ११:०८

काठमाडौं: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित...

नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया गर्ने

नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया गर्ने

वि.सं.२०८२ चैत २४ मंगलवार १०:००

काठमाडौं: नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन प्रकाशन-प्रशारण गर्न...