YouTube Link

कोरोना संक्रमणले सात प्रतिशत पत्रकारको रोजगारी गुम्यो: अध्यक्ष आचार्य

Facebook Link

चितवन: नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले कोरोना सङ्क्रमणका कारण हालसम्म सात प्रतिशत पत्रकारको रोजगारी गुमेको बताएका छन् ।

नेपालका सञ्चारगृह व्यावसायिक हुन नसक्दा कोरोना सङ्क्रमणको छोटो अवधिमा धेरै नोक्सान भएको उनले बताए ।

कोरोना सङ्क्रमणले देशैभरका पत्रकार र सञ्चारगृह प्रभावित भएपछि महासङ्घको मिसन टोली देशव्यापी रूपमा परिचालन भएको छ । सोही क्रममा कुराकानी गर्दै आचार्यले कोरोना सङ्क्रमणपछि पाँच वटा रेडियो बन्द भएको जानकारी दिए ।

हालसम्म बीस पत्रकारमा कोरोना सङ्क्रमण देखिएकोमा १८ जना सङ्क्रमणमुक्त भइसकेको उनले जानकारी दिए । लकडाउनको अवधिमा देशभरका ७०० छापा माध्यम बन्द भएको भन्दै उनले कोरोनाको प्रभावका कारण पत्रकार र सञ्चार गृह प्रभावित हुने क्रम बढ्दो रहेको बताए ।

“स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँगै सञ्चारकर्मी अग्रमोर्चामा रहेका छन्”, रोग नियन्त्रणका लागि जनतालाई शिक्षा र सूचना दिने काममा पत्रकार खटिइरहेको भन्दै उनले भने, “हामी आम जनताका समस्याका बारे बोलिरहेका छौँ भने जनतालाई सही सूचना के हो भनेर पनि प्रवाह गरिरहेका छौँ ।” यस्तो अवस्थामा सञ्चार क्षेत्र आफैँ अग्रपङ्क्तिमा रहँदा आफैँ प्रभावित हुनुपरेको उनको भनाइ थियो ।

पत्रकारलाई पलायन हुनबाट रोक्न सबैले साथ र सहयोग गर्नुपर्ने भन्दै उनले महासङ्घ र जिल्ला शाखाले आपत्कालीन कोष खडा गरेको बताए । यो विषम परिस्थितिमा राज्यले सम्बोधन गर्नुपर्ने उनको भनाई छ ।

उनले भने, “मिडिया हाउसलाई पनि सहुलियतपूर्ण ऋण दिनुपर्यो । सन्देशमूलक सामग्री प्रसारण तथा प्रकाशन गर्न दिनुपर्यो ।” नेपाल पत्रकार महासङ्घका अध्यक्ष आचार्य र महासचिव रमेश विष्टको टोली गण्डकी प्रदेशबाट प्रदेश नं १ सम्म र उपाध्यक्ष विपुल पोखरेलको टोली प्रदेश नं बाट ५ बाट सुदूरपश्चिम प्रदेशसम्म अनुगमनमा निस्किएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...