सरकारको कामप्रति प्रश्न उठाउँदै कार्यकर्तालाई आन्दोलनको तयारीमा जुट्न राप्रपा अध्यक्ष थापाको निर्देशन
वि.सं.२०७७ साउन १८ आइतवार २३:०७
1.4K
shares
काठमाडौं: नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारको काम प्रभावकारी नभएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कार्यकर्तालाई आन्दोलनको तयारीमा जुट्न निर्देशन दिएका छन् ।
पार्टी सम्वद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले कोरोना महामारी, भ्रष्टाचार र धर्म परिवर्तन जस्ता विषयलाई लिएर सडकमा जान कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।
मुलुकमा अहिले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक भएकोले त्यो परिपूर्ति गर्न राप्रपा एक भएको बताए । उनले नवर्गीय संगठनको समायोजन गर्ने कार्यलाई प्राथमिकतामा राखी अघि बढ्न आग्रह गरे ।
सिद्धान्तनिष्ट कार्यकर्ताको बलमा मात्र पार्टीले सफलता प्राप्त गर्ने भन्दै थापाले प्रशिक्षण अभियानलाई सघन रुपमा सञ्चालन गर्न निर्देशन दिएका छन् ।
नेकपा र नेपाली काँग्रेसको विकल्पको रुपमा राप्रपालाई जनताले हेरिरहेको भन्दै थापाले जनताको माझबाट जनअनुमोदित गराएर एजेण्डालाई स्थापित गरि छाड्ने समेत दृढता व्यक्त गरे ।
वि.सं.२०७७ साउन १८ आइतवार २३:०७




















