YouTube Link

महाधिवेशनको मिति तय भएसँगै कांग्रेसमा विवाद चर्किदै

Facebook Link

काठमाडौं: नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति तय भएसँगै विवाद पनि चर्किदै गएको छ ।

महाधिवेशनको मिति तय भएर काम अगाडि बढिरहेका बेला पार्टी सभापति शेरबहादुर देउवाले धमाधम विभाग गठन तथा मनोनय गरेपछि असन्तुष्ट बनेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति देउवालाई भेटेर असन्तुष्टि जनाउने तयारी गरेको छ ।

बिहीबार वरिष्ठ नेता पौडेलको नेतृत्वमा महामन्त्री डा. शशांक कोइरालासहितका नेताहरुले सभापति देउवालाई भेटेर असन्तुष्टि जनाउने भएका छन् । ‘आगामी महाधिवेशन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने विषयमा छलफल गर्न हामी पार्टी कार्यालय सानेपा जाँदैछौं,’ कांग्रेस नेता डा. मिनेन्द्र रिजालले भने ।

बुधबार पार्टी मुख्यालय सानेपामा भएको पौडेल समूहले सभापति देउवालाई भेटेरै आफ्नो असन्तुष्टि सुनाउने निर्णय गरेको थियो । यसअघि पनि पौडेल, महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सितादेवी यादवले पार्टीको निर्वाचन समितिमा लिखित उजुरी दिएका थिए ।

तोकिएको मितिमा पनि महाधिवेशन नहुने हो की भन्ने आशंकमा पौडेल समूह छ । त्यतिमात्र होइन पार्टीको क्रियाशील सदस्यता वितरणदेखि नै सभापति देउवा पार्टी कब्जा गर्ने गरि अगाडि बढेको आरोप पौडेल समूहको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...