Rajshow Bivag

देशभर लगातार वर्षाका कारण ठाउँठाउँको जनजीवन प्रभावित, आउँदो शनिबारसम्म भारी वर्षाको सम्भावना: मौसम विज्ञान विभाग

Departmant of helth services

काठमाडौं: मंगलबारदेखि देशभरका विभिन्न ठाउँमा अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।

न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा वर्षाको मात्रा बढ्दा पश्चिमी क्षेत्रको जनजीवन प्रभावित भएको छ । बर्दिया, कैलाली, कञ्चनपुर, धादिङ, तनहुँ लगायतका जिल्लामा निरन्तरको वर्षापछि बाढी पहिरो र डुबानका समस्या बढेका छन् ।

अविरल वर्षापछि कैलालीका विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा परेका छन् भने जिल्ला प्रहरी कार्यालयका अनुसार भजनी नगरपालिका–८ सोनाफाँटा क्षेत्रका चार जना बगेर बेपत्ता भएका छन् । बेपत्ताको खोजी भइरहेको इलाका प्रहरी कार्यालय भजनी जनाएको छ ।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले बुधबार साँझसम्म बाढीका कारण जिल्लाभर ७ सयभन्दा बढी घर प्रभावित भएको जनाएको छ । प्रभावित घरपरिवारलाई नजिकैको विद्यालय र सामुदायिक भवन स्थानान्तरण गरेको छ ।

हाल बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतलाई परिचालन गरी उद्धार सहित राहत सामग्री वितरण गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग अत्तरियाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

लगातारको वर्षाले महाकाली नदीमा पानीको बहाव बढेको छ । प्रहरीका अनुसार बिहान ६ बजे महाकाली नदीमा पानीको बहाव एक लाख ९६ हजार ९४० क्युसेक मापन गरिएको छ । भारतले लामो समयदेखि महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुगे शारदा ब्यारेज (बनवासा पुल) मा ठूला सवारी साधनलाई रोक लगाउँदै आएको थियो ।

मौसम विज्ञान विभागका अनुसार आउँदो शनिबारसम्म भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

आज राति पनि देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...