कोरोना कहर: विश्वभर १ करोड ६८ लाखभन्दा बढी संक्रमित, ६ लाख ६२ हजारभन्दा बढीको मृत्यु
वि.सं.२०७७ साउन १४ बुधवार ०७:५४
1.6K
shares
काठमाडौं: कोरोना भाइरस महामारीका कारण विश्वभर संक्रमित हुनेको संख्या १ करोड ६८ लाख ८३ हजार ७ सय ६९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ४७ हजार ४ सय ४२ जनामा संक्रमण देखिएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ६८ लाख ८३ हजार ७ सय ६९ पुगेको हो ।
कोरोनाबाट निको हुनेको संख्या १ करोड ४ लाख ५० हजार ९ सय ३१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ५९ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ६२ हजार ४ सय ८० पुगेको छ ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ६७ जनाको मृत्यु भएको छ भने १६ लाख ८९ हजार ५ सय ८३ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ११ हजार ६ सय २० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५२ लाख ६९ हजार २ सय ७८ पुगेको छ । त्यसमध्ये २६ लाख ६६ हजार ३ सय २१ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा ९२ हजार ७ सय २१ जनाको मृत्यु भएको छ । ४० लाख ४७ हजार २ सय ६० जना संक्रमित भएकोमा २९ लाख ३८ हजार ६ सय ४५ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३७ हजार २ सय ८८ जनाको मृत्यु भएको छ । ३८ लाख ५५ हजार ५ सय ९८ जना संक्रमित भएकोमा २६ लाख १० हजार ३ सय ३५ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरूमा १८ हजार ४ सय ५० जनाको ज्यान गएको छ भने ८ लाख ७७ हजार ५ सय ९३ संक्रमित छन् । संक्रमितमध्ये ५ लाख २७ हजार ८ सय २१ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा १ सय ८९ जनाको मृत्यु भएको छ । १७ हजार ३३ जना संक्रमित भएकोमा १० हजार ९ सय ३६ जना संक्रमणमुक्त भएका छन् ।
वि.सं.२०७७ साउन १४ बुधवार ०७:५४




















