नेकपाको स्थायी कमिटी बैठक आज बस्दै
वि.सं.२०७७ साउन १३ मंगलवार ०८:१६
1.4K
shares
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक आज) बस्दैछ ।
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति जुट्न नसकेपछि नेकपाभित्रको विवाद जटिल मोडमा पुगेको छ ।
असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि विवाद बढेको थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट हट्न दबाव दिएपछि नेकपाभित्र विवाद सुरु भएको थियो ।
तर प्रधानमन्त्री ओलीले दुवै पटबाट हट्न अस्वीकार गरेपछि स्थायी कमिटी बैठक प्रभावित बन्दै आएको छ । पछिल्लो समय नेताहरु आरोप–प्रत्यारोपमा उत्रिएका छन् । दुई अध्यक्षबीच सहमति नजुटेका कारण आज बस्ने भनिएको सचिवालय बैठक पनि अन्योलमा परेको छ ।
सोमबार दाहाल र नेपाल समूहको छलफलमा मंगलबारदेखि चल्ने स्थायी कमिटी बैठकबाट ओलीलाई एक पद छाड्न निर्देशन दिने सहमति बनेको छ । असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठक सहमतिको लागि भन्दै पटकपटक स्थगित हुँदै आएको छ ।
वि.सं.२०७७ साउन १३ मंगलवार ०८:१६




















