इटालियन सिरी ए फुटबलमा इन्टर दोस्रो स्थानमा
वि.सं.२०७७ साउन ११ आइतवार ०९:५७
1.6K
shares
एजेन्सीः इटालियन सिरी ए फुटबलमा जिनोवालाई पराजित गर्दै इन्टर मिलान दोस्रो स्थानमा उक्लिएको छ ।
जिनोवाको घरेलु मैदानमा भएको खेलमा इन्टर ३–० गोल अन्तरले विजयी भएको हो । इन्टरको जितमा रामेलु लुकाकुले २ र एलेक्सिज सान्चेजले १ गोल गरे ।
लुकाकुले ३४ औँ र खेलको अन्तिम समयमा गोल हान्दा सान्चेजले ८३ औँ मिनेटमा गोल गरे । जितसँगै इन्टरको तालिकामा ७६ अंक भएको छ ।
दोस्रो स्थानको इन्टर १ खेल कम खेलेको युभेन्ट्स भन्दा ४ अंकले पछि छ । तालिकामा ८० अंक बनाएको युभेन्ट्स सिरी एको उपाधिबाट मात्र १ जित टाढा छ ।
यस्तै सिरी एमा शनिबार राती नै भएका अन्य खेलमा सातौँ स्थानको नेपोलीले सासुओलोलाई २–० ले पराजित गर्दै युरोपा लिग छनोटको सम्भावना कायमै राखेको छ ।
त्यसैगरी अर्को खेलमा पार्मासँग २–१ ले पराजित भएपछि ब्रेसिया रेलिगेसनमा पर्ने निश्चित भएको छ ।
वि.सं.२०७७ साउन ११ आइतवार ०९:५७




















