इंग्लिस प्रिमियर लिग फुटबलमा सिटीको फराकिलो जित
वि.सं.२०७७ साउन ७ बुधवार ०८:५२
1.2K
shares
एजेन्सीः इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा सिटीले वाट्फोर्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो । वाट्फोर्डको मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले दुई गोल गरे । यस्तै फिल फोडेन र एम्रिक लापोर्टेले एक एक गोल गरे ।
जितसँगै दोस्रो स्थानको सिटीले ३७ खेलमा ७८ अंक जोडेको छ । र, सिटीले च्याम्पियन तथा लिग लिडर लिभरपुलसँगको अंक दुरी समेत घटाएको छ । सिटी लिभरपुल भन्दा १५ अंकले पछि रहेको छ । लिभरपुलको ९३ अंक रहेको छ । वाट्फोर्ड ३४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
वि.सं.२०७७ साउन ७ बुधवार ०८:५२



















