इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानको जित
वि.सं.२०७७ साउन ७ बुधवार ०८:३९
1.3K
shares
एजेन्सीः इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले सासुलोमाथि २–१ गोल अन्तरले जित निकालेको छ ।
मंगलबार राति सासुलोको घरेलु मैदानमा ज्लाटनको दुई गोलमा मिलान क्लबले तीन अंक जोडेको हो । खेलको १९ औं मिनेटमा ज्लाटनको हेड गोलमार्फत मिलान क्लब अघि बढ्यो । घरेलु टोलीका फ्रान्सिस्को कापुटोले ४२ औं मिनेटमा पेनाल्टी मार्फत खेल बराबरीमा ल्याए ।
खेलको पहिलो हाफमै ईन्जुरी समयमा ज्लाटनले दोस्रो गोल गर्दै मिलान क्लबलाई २–१ ले अघि बढाएका थिए । अबरुद्ध सिजन पुन सुरु भएपछि मिलान क्लब अपराजित छ । र युरोपा लिग छनोटमा एसी मिलानले आफुलाई सुरक्षित गरेको छ ।
अर्को खेलमा बोलोग्नामाथि १–० को जित निकाल्दै एटलान्टा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एटलान्टाको जितमा लुईस मुरियलले ६२ औं मिनेटमा विजयी गोल गरे ।
जितसंगै एटलान्टा लिगको दोस्रो स्थानमा उक्लियो । उसले शीर्ष स्थानको युभेन्ट्ससंगको दुरी ६ अंकमा झार्यो र तेस्रो स्थानको ईन्टर मिलानसंग २ अंकको अग्रता कायम गर्यो ।
वि.सं.२०७७ साउन ७ बुधवार ०८:३९



















