साउन १२ गतेबाट पशुपतिनाथको दर्शन खुला गर्ने तयारी
वि.सं.२०७७ साउन ५ सोमवार १६:०२
1.7K
shares
काठमाडौं: बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड- १९ कोरोना भाइरसको संक्रमण नेपालमा बढेसंगै बन्द रहेको पशुपति नाथ मन्दिर साउन दोस्रो हप्ताबाट खुल्ने भएको छ ।
साउन महिनाको सोमबार महादेवको दर्शन गर्ने परम्परा रहिआएकोले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि देशका विभिन्न शिव मन्दिरहरुमा दर्शनार्थीहरुको अत्यन्त भिड लाग्ने गरेको छ ।
यसवर्ष कोरोना महामारीका कारण मन्दिरहरु बन्द रहेकाले धर्मावलम्बीहरुमा निरासा छाएको छ । उक्त निरासालाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले साउनको दोस्रो सोमबार अर्थात १२ गतेबाट सामाजिक दुरी कायम गर्दै दर्शन खुला गर्न सक्ने जनाएको छ ।
वि.सं.२०७७ साउन ५ सोमवार १६:०२




















