विश्वभर कोराना भाइरस संक्रमणबाट १ करोड ४५ लाख भन्दा धेरै संक्रमित, निको हुनेको संख्या ८६ लाख हजार बढी
वि.सं.२०७७ साउन ५ सोमवार ०८:२८
1.3K
shares
काठमाडौं: विश्वभर कोरोना भाइरस संक्रमणबाट १ करोड ४६ लाख ४१ हजार ८ सय १९ जना संक्रमित भएका छन् ।
ती मध्ये ८७ लाख ३५ हजार १ सय ५८ जना उपचारपछि निको भएका छन् भने ६ लाख ८ हजार ९ सय २ जनाको मृत्यु भएको छ ।
अमेरिकामा पछिल्लो २४ घण्टामा ४४ हजार ३ सय ६८ जना संक्रमित थपिएका छन् भने भारतमा ४० हजार २ सय ४३ जना संक्रमित थपिएका छन् ।
यसअघि ५ जुलाईमा २४ घण्टामा २ लाख १२ हजार ३ सय २६ संक्रमित थपिएका थिए । ती मध्ये सबैभन्दा धेरै अमेरिकाका थिए । डब्ल्यूएचओका अनुसार अमेरिका बाहेक ब्राजील, भारत र दक्षिण अफ्रिकामा कोरोना संक्रमित तीव्र गतिमा बढिरेहेको छ । ब्राजीलमा अस्पतालको अभाव हुन थालेको छ ।
वि.सं.२०७७ साउन ५ सोमवार ०८:२८




















