‘टोकियो ओलम्पिक २०२१’ को खेल तालिका सार्वजनिक
वि.सं.२०७७ साउन ३ शनिवार ०९:५२
2.5K
shares
एजेन्सी: ‘टोकियो ओलम्पिक २०२१’ को खेल तालिका सार्वजनिक भएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण स्थगित भएको ओलम्पिकको पछिल्लो तालिका सार्वजनिक भएको हो ।
ओलम्पिक आयोजक कमिटिले सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको ग्लोबल न्युजले उल्लेख गरेको छ । तालिका अनुसार ओलम्पिकको उद्घाटन २३ अगस्टमा हुनेछ ।
निर्धारित समय २३ अगस्टदेखि भएपनि ओलम्पिकका बिभिन्न प्रतिस्पर्धा २ दिन अघि अर्थात २१ अगस्टबाटै सुरु हुनेछन् । फुटबलका सुमह चरणका खेल २१ अगस्टमा हुनेछन् भने वेसबलको उद्घाटन खेल पनि सोही दिन हुनेछ ।
यसअघि २०२० मा आयोजना हुने भनिएको ओलम्पिक १ बर्ष पछि धकेलिएको थियो । कोरोना महामारीका कारण आयोजक जापान ओलम्पिक २०२० लाई १ बर्ष पछि सार्न तयार भएको थियो । कोरोना महामारी नभएकोभए टोकियो ओलम्पिक यही बर्ष जुलाई २४ मा सुरुहुने तालिका थियो ।
पछिल्लो तालिका अनुसार ओलम्पिकमा ३३ खेलमा ३ सय ३९ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
वि.सं.२०७७ साउन ३ शनिवार ०९:५२




















