राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव पदका लागि दिएको आवेदनमा दुई उम्मेदवार अयोग्य ठहर
वि.सं.२०७७ साउन ३ शनिवार १०:१३
2.2K
shares
काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप)का लागि सदस्यसचिव पदमा दर्खास्त दिएका दुई जना निवेदकहरु अयोग्य रहेको सदस्यसचिव सिफारिस समिति स्रोतले जनाएको छ ।
खेलकुद विकास ऐन २०७७ अन्तर्गत रहेर सदस्यसचिव पदका लागि खुला दर्खास्त आह्वान गरिएकोमा ३ जना महिला सहित २७ जना ब्यक्तिहरुले खेलकुद मन्त्रालयमा आवेदन दिएका थिए । खेलकुद विकास ऐन २०७७ ले सदस्यसचिवका लागि उमेर हद ३० वर्षे माथि र ६० वर्ष ननाघेको हुनपर्ने उल्लेख गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ६ दशक लामो ईतिहासमा पहिलोपटक सदस्यसचिव खुला आह्वानबाट नियुक्ति गर्न लागिएको हो ।
सिफारिस समितिले बाँकी रहेका २५ आवेदनमध्ये १ महिला र २ पुरुष गरी ३ जनाको नाम सदस्यसचिवका लागि मन्त्रीपरिषद्मा सिफारिस गर्नेछ । नेपाली खेलकुद ईतिहासमा पहिलोपटक स्वतन्त्र ब्यक्ति खुला आह्वानबाट सदस्यसचिव बनाउन लागिएको हो । यसअघि सदस्यसचिव पदका लागि राजनितिक नियुक्ति दिईदै आएको थियो ।
वि.सं.२०७७ साउन ३ शनिवार १०:१३




















