शनिबार नेकपा सचिवालय बैठक बस्दै
वि.सं.२०७७ साउन २ शुक्रवार १५:१८
1.1K
shares
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक शनिबार ३ बजेकालागि बोलाइएको छ ।
शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको भेटवार्तामा साउन ३ गते सचिवालय बैठक बोलाउने सहमति भएको एक नेताले जानकारी दिए ।
शुक्रबार बोलाइएको स्थायी समिति बैठक साउन ४ गते आइतबार सम्मलाई स्थगित गरि शनिबार आकस्मिक रुपमा सचिवालय बैठक बोलाइएको छ ।
वि.सं.२०७७ साउन २ शुक्रवार १५:१८




















