लमजुङ क्वारेन्टाइनमा बसेका युवकले गरे आत्महत्या
वि.सं.२०७७ साउन २ शुक्रवार १४:४२
1.4K
shares
लमजुङ: लमजुङ क्व्होलासोंथर गाउँपालिका-९ स्थित गिलुङ क्वारेन्टाइनमा बसेका एक युवकले आत्महत्या गरेका छन् ।
गिलुङस्थित बुद्धोदय माविमा बनाइएको क्वारेन्टाइनमा क्व्होलासोंथर गाउँपालिका-६ पसगाउँका २३ वर्षीय युवराज घर्तीले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
लकडाउनअघि बुटवल स्थित दिदीको घर गएका घर्तीलाई असार ३१ गते गाउँ फर्किएसंगै क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा एक्लै बस्दै आएका घर्ती आत्तिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
वि.सं.२०७७ साउन २ शुक्रवार १४:४२




















