बागमती प्रदेशले निजी सवारी सधान कार र मोटरसाइकलको वार्षिक कर बढायो
वि.सं.२०७७ साउन २ शुक्रवार १७:१४
2.6K
shares
काठमाडौं: बागमती प्रदेश सरकारले साउन १ देखि कार्यान्वयनमा आएको आर्थिक ऐन २०७७ मार्फत् निजी सवारी सधान कार, मोटरसाइकल तथा अन्य सवारी साधनको नयाँ वार्षिक कर निर्धारण गरेको छ ।
बागमती प्रदेशले १ सय २५ सिसी सम्मका मोटर साइकलमा २ हजार ८ सय, १२६ देखि २५० सिसी सम्मका मोटर साइकलमा ४ हजार ५ सय रुपैयाँ, २५१ देखि ४०० सिसी सम्मका मोटर साइकलमा ९ हजार रुपैयाँ, ४०१ देखि ६५० सिसी सम्मका मोटर साइकलमा २० हजार रुपैयाँ र ६ सय ५१ सिसी माथिका मोटर साइकलमा ३० हजार रुपैयाँ कर लाग्ने व्यवस्था गरेको छ ।

त्यसैगरी बागमती प्रदेशले १ हजार सिसी सम्मका कार-जिप-भ्यान र माइक्रो बसमा २१ हजार, १००१ देखि १५०० सिसीसम्मका कार-जिप-भ्यान र माइक्रो बसमा २३ हजार ५ सय, १५०१ देखि २००० सिसीसम्मका कार-जिप-भ्यान र माइक्रो बसमा २५ हजार ५ सय रुपैयाँ, २००१ देखि २५०० सय सिसीसम्मका कार-जिप-भ्यान र माइक्रो बसमा ३५ हजार ५ सय रुपैयाँ, २५ सय १ देखि २९ सय सिसीसम्मका कार-जिप-भ्यान र माइक्रो बसमा ४१ हजार रुपैयाँ, २९०१ सिसीदेखि माथिका कार-जिप-भ्यान र माइक्रो बसमा ५८ हजार ५ सय रुपैयाँ कर लाग्ने व्यवस्था गरेको छ ।

यस्तै बागमती प्रदेशले डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रन जस्ता मेशिनरी उपकरणमा ३८ हजार ५ सय, मिनिटिपरको २७ हजार ५ सय रुपैयाँ, थ्रि ह्वीलर र टेम्पोको ५ हजार ५ सय, ट्रेक्टरको ५ हजार र पावर टीलरको ३ हजार ५ सय रुपैयाँ कर लाग्ने व्यवस्था गरेको छ ।

वि.सं.२०७७ साउन २ शुक्रवार १७:१४




















