YouTube Link

प्रधानमन्त्रीको निर्देशनः विपद् पीडितको उद्धार, राहत र जनधनको रक्षाका लागि कुनै कसर बाँकी नराख्नु

World Cup 2026
Facebook Link

 

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले विपद पीडितको उद्धार, राहत र जनधनको रक्षाका लागि कुनै कसर बाँकी नराख्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको बैठकमा प्रधानमन्त्री ओलीले लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढी तथा पहिरोका कारण जनधनको क्षति कम गर्न तथा तत्काल उद्धार तथा राहतको व्यवस्थापन गर्न  सम्बन्धित निकायका पदाधिकारीहरुलाई निर्देशन दिएका हुन् ।

 

देशभर भारी वर्षाका कारण बाढी–पहिरो आउने र अब दिनमा आउन सक्ने महामारी तथा सर्पजन्य समस्यासँग जुध्न तथा जनधनको रक्षा गर्नका साथै जोखिम कम गर्ने उपाय, उद्धार तथा राहत एवम् पुनर्स्थापना कार्यमा हेलिकोप्टरको प्रयोग तथा हेलिकप्टर जान प्रतिकुल रहेको अवस्थामा सम्भावित अरु प्रविधिको खोजी तथा प्रयोग गर्न सम्बन्धित मन्त्रालय तथा निकायहरुलाई निर्देशन दिएका छन् ।

 

यस्तै प्रधानमन्त्री ओलीले उद्धार, राहत तथा पुनर्स्थापनाको काममा बजेट अभाव भएमा तत्काल थप बजेटको व्यवस्था गर्न अर्थमन्त्री डा. युवराज खतिवडालाई निर्देशन दिएका छन् । म्याग्दीमा पहिरोका कारण भत्किएको पुल दुई हप्ताभित्र बनाइसक्ने र भत्किएका बाटोहरु तत्काल मर्मत गर्न सम्बन्धित निकायलाई समेत निर्देशन दिएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...