पहिरो र लेदो हट्यो, बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग खुल्यो
वि.सं.२०७७ असार २७ शनिवार १८:११
1.3K
shares
काठमाडौं: लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण सिन्धुलीखण्डमा अवरुद्ध बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग शनिबार दिउँसो खुलेको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका-१ कमारेफाट, वडा नम्बर ६- कानढुंग्री, गोलन्जोर गाउँपालिका-१ कुडुले र फिक्कल गाउँपालिका-२ को सडक खण्डमा खसेको पहिरो र लेदो जेबीसीले हटाएसंगै अवरुद्ध बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग शनिबार दिउँसोबाट दुबैतर्फी संचालनमा आएको छ ।
उक्त राजमार्ग संचालनमा आएसंगै सिन्धुली, उदयपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु लगायतका पहाडी जिल्लाबाट काठमाडौं जाने र आउने सयौं सवारी साधन तथा पैदलयात्रु गन्तव्यतर्फ गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
वि.सं.२०७७ असार २७ शनिवार १८:११




















