नेपालमा ७० जना थपिएसंगै कोरोना भाइरस संक्रमित संख्या १६,७१९ पुग्यो, ३८ जनाको मृत्यु
वि.सं.२०७७ असार २७ शनिवार १७:२०
1.1K
shares
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ६ सय ४८ कोरोना परीक्षणका क्रममा थप ७० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ७० जना सहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । कोरोना संक्रमण उपचारपछि निको भएर आज ४३१ जना सहित ८४४२ जना डिस्चार्ज भएको र थप ३ जनाको मृत्यु भएसंगै कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ असार २७ शनिवार १७:२०




















