बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
वि.सं.२०७७ असार २७ शनिवार ०९:२०
2.5K
shares
भरतपुरः नवलपरासीको गैँडाकोट गरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी सडक अवरुद्ध भएको छ ।
लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । बाढीले बिहान ४ बजेबाट सडक अवरुद्ध भएपछि आफ्नो गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।
नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो । गैँडाकोटदेखि दाउन्नेसम्मको ६४/४ किलोमिटर सडकखण्ड विस्तारको काम भइरहेको छ ।
वि.सं.२०७७ असार २७ शनिवार ०९:२०




















