नवनियुक्त आइजिपी क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान
वि.सं.२०७७ असार २५ बिहीवार १५:५८
1.7K
shares
काठमाडौं: नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरे संगै क्षेत्री नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए । २०४९ साल वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका नवनियुक्त आइजिपी क्षेत्रीले २०७९ वैशाख १८ गतेसम्म प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।
वि.सं.२०७७ असार २५ बिहीवार १५:५८




















