नबिल बैंक र हुवावे टेक्नलोजीबीच रणनैतिक सहकार्य
वि.सं.२०७७ असार २५ बिहीवार ०९:३०
1.2K
shares
काठमाडौं: नबिल बैंक र हुवावे टेक्नलोजीबीच रणनैतिक साझेदारीको समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
समझदारी पत्रमा नबिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा हुवावे टेक्नलोजीज् नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डेङ चुगेनले हस्ताक्षर गरे । नबिल बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल केशरी शाहले हुवावे जस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग सहकार्य गर्न पाएकोमा उत्साह व्यक्त गर्दै यो रणनैतिक महत्वको सहकार्यले नबिल बैंकको ग्राहक केन्द्रित Leading Digital Bank बन्ने अठोटलाई सशक्त रुपमा कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमा बोल्दै हुवावे टेक्नलोजीज् नेपालका प्रतिनिधिले हुवावेको क्लाउड प्रविधि, आर्टिफिशियल इन्टेलिजेन्स तथा मशीन लर्निङ प्रविधि, क्लाउडमा आधारित भिडियो कन्फरेन्सिङ प्रणाली, वाइफाइ लगायतका सूचना प्रविधिको उच्चतम प्रयोगबाट नबिल बैंकले आफ्नो प्रविधिमा आधारित परिवर्तनको प्रकृयालाई आन्तरिक संचालन दक्षता तथा ग्राहक सेवा प्रभावकारिता बढाउँदै अझ सशक्त तथा तीव्र बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
हाल विश्व भरी १६०० भन्दा बढी वित्तीय संस्थाहरु हुवावेका ग्राहक छन् जस मध्ये उत्कृष्ठ ४५ संस्थाहरु सर्वोत्कृष्ठ १०० मा पर्छन् ।
वि.सं.२०७७ असार २५ बिहीवार ०९:३०




















