YouTube Link

फागुनमै महाधिवेशन गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाली कांग्रेसले फागुनको पहिलो साता १४औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । असार १६ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकले सोमबार उक्त निर्णय लिएको हो ।

कोरोना महामारीका कारण तीन महिना ठप्प भएको महाधिवेशनको कार्यक्रम असार २५ गतेबाट सुरु गर्ने र केन्द्रीय महाधिवेशन यसअघि तोकिएकै मितिमा गर्ने बैठकले निर्णय लिएको हो ।

बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पदाधिकारी बैठकमा परिमार्जित तालिका प्रस्तुत गरेका थिए । पदाधिकारी बैठकले पारित गरेर अनुमोदनका लागि केन्द्रीय समितिलाई जिम्मेवारी दिएको थियो । बैठकले समायोजनको काम साउन १० गतेभित्र सक्ने निर्णय गरेको छ । प्रस्तुत कार्यातालिकामा असार मसान्तभित्र पार्टी संमायोजन सक्ने भनिएको थियो ।

त्यसमा केही संशोधन गरी साउन १० गतेसम्म सक्ने बैठकले निर्णय लिएको छ । अन्य कार्यतालिका भने बैठकले जस्ताको त्यस्तै अनुमोदन गरेको हो । क्रियाशील सदस्यताको वितरण, नवीकरण साउन मसान्तभित्र सक्ने र भदौ मसान्तभित्र सदस्यताको सूची केन्द्रमा पठाई सक्न मातहतका स्थानीय निकायलाई निर्देशन गरेको छ ।

जसअनुसार भदौ मसान्तभित्र क्रियाशील सदस्यताको सूची केन्द्रमा पठाउने, असोज मसान्तभित्र क्रियाशील सदस्यतामाथि उजुरी र कात्तिक मसान्तभित्र क्रियाशील सदस्यतामाथि पुनरावेदन दिने छ । यस्तै मङ्सिर २५ भित्र क्रियाशील सदस्यताको विवाद टुङ्ग्याउने र मङ्सिर मसान्तभित्र क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई बुझाउने छ ।

२०७७ पुस ६ मा वडा अधिवेशन, पुस ८ मा गाउँ र नगरपालिका अधिवेशन, पुस ११ मा प्रदेश सभा क्षेत्रीय अधिवेशन, पुस १३ मा ९प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन० एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेकामा जिल्ला अधिवेशनको मिति तोकिएको छ ।

यस्तै एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन पुस १६ गते र प्रदेश अधिवेशन माघ ६ गते गर्ने छ । फागुन ७, ८,९ र १० का लागि पूर्व निधारित महाधिवेशनको मिति भने यथावत राखिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...