प्रतिपक्षले जिम्मेवार भूमिका खेलोस्: सुवास नेम्वाङ
वि.सं.२०७७ असार २१ आइतवार १७:२०
1.4K
shares
काठमाडौं: सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता एवं स्थायी समिति सदस्य सुवास नेम्वाङ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ ।
प्रधानमन्त्री ओलीको आग्रह अनुसार आइतबार बिहान सभापति देउवालाई भेटेको र भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराउनुका साथै जिम्मेवार प्रतिपक्षको नाताले जिम्मेवारी भूमिका कांग्रेसले खेलोस् भन्ने आग्रह गरेको नेम्वाङले बताए ।
भेटमा सभापति देउवाले संवैधानिक परिषदका बाँकी नियुक्ति प्रक्रिया, एमसिसी, संविधानका मर्मविपरीत आएका विधेयकहरूमा छलफल गरी अगाडि बढ्नुका साथै नेकपा विवाद पार्टीको आन्तरिक विषय भएकाले विवाद चाँडो टुंगोमा पुगोस् भनि शुभकामना दिएको नेम्वाङले बताए ।
वि.सं.२०७७ असार २१ आइतवार १७:२०




















