प्रचण्ड निवासमा बसेको दुई पक्षीय छलफल सकियो
वि.सं.२०७७ असार १८ बिहीवार ११:५१
1.2K
shares
काठमाडौं: पुष्षकमल दाहाल प्रचण्ड निवासमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा मा गहिँरिदो विवादका बीच पार्टी विवाद निरूपणका विषयमा छलफल गर्न आज बिहान ८ बजे बसेको बैठक सकिएको छ।
अध्यक्ष प्रचण्डले बुधबार साँझ बसेको प्रचण्ड-नेपाल समूहका नेताहरूको छलफलबाट तय भए अनुसार बिहान ८ बजे केपी ओली निकट केही स्थायी समिति सदस्यहरूसँग पार्टी विवाद निरूपणका विषयमा छलफल गरेका थिए। सोही अनुसार छलफलमा ओली निकटका विष्णु पौडल, ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाल, सुवास नेम्वाङ र प्रदिप ज्ञवाली त्यस्तै प्रचण्ड-नेपाल गुटका जनार्दन शर्मा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, हरिबोल गजुरेल र मात्रिका यादव लगायतका नेताहरु सहभागी भएका थिए।
बुधबार बिहान ओलीले आफू निकटका नेताहरूसँग बालुवाटारमा परामर्श गरेका थिए। बुधबार साँझ नै प्रचण्ड-नेपाल नेताहरूको झम्सिखेलमा बैठक बसेको थियो ।
वि.सं.२०७७ असार १८ बिहीवार ११:५१




















