YouTube Link

ईङ्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलको सहज जित

World Cup 2026
Facebook Link

एजेन्सीः ईङ्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले नर्विचमाथि शानदार जित निकालेको छ । घरेलु मैदान ईमिरेट्समा भएको खेलमा आर्सनलले रेलिगेशन जोनमा संघर्षरत नर्विचलाई ४–० गोलको फराकिलो जित निकालेको हो । जितसँगै आर्सनल जारी लिगमा तीन स्थानमाथि उक्लदै सातौ स्थानमा आएको छ ।

पहिलो मिनेटबाट नै नर्विचबिरुद्ध आक्रमक शैली अपनाएको आर्सनलले खेलको पहिलो हाफमा दुई गोल गर्यो भने दोश्रो हाफमा दुई गोल थपेको थियो । दोश्रो हाफमा आर्सनलमाथि नर्विचले केही टक्कर दिएको थियो । नर्विचले पनि खेलमा तीन गोलको अवसर बनाएको थियो तर सफल हुन सकेन ।

आर्सनललाई स्पष्ट तीन अंक दिलाउन खेलको ३३औं मिनटमा आर्सनल स्टार पिएरे एमेरिक आबुमयाङ्गले पहिलो गोल गरेका थिए भने त्यसको ४ मिनटपछि नै ग्रानिट हाकाले दोश्रो गोल गरेको थिए । खेलको ६७औं मिनटमा नर्विचको डिफेन्डर जोसिप ड्रिमीको गलत पासको फाईदा उठाउँदै आबुमयाङ्गले गोलमा परिणत गरिदिए । आर्सनलका लागि पहिलो खेल खेलेका सेड्रिक सोर्सले गरे । सब्स्टिट्युडको रुपमा आएको पाँचौ मिनटमा नै सोर्सले प्रिमियर लिगमा गोलको खाता खोले ।

जितसँगै आर्सनल ३२ खेलबाट ४६ अंक बनाउँदै शिर्ष ६ को नजिक पुग्यो भने नर्विच लिगको पुछारमा यथावत छ । नर्विचको ३२ खेलमा २१ अंक जोडेको छ । आर्सनल अघि छैठौ स्थानमा रहेको वुल्भ्स्को ५२ अंक छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...