YouTube Link

नेकपामा चर्किएको विवादकाबीच ओली र प्रचण्ड–माधव समूहबीच आ-आफ्नो रणनीति बनाउन सक्रिय

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी नेकपामा चर्किएको विवादकाबीच दुई समुहहरु आ-आफ्नो रणनीति बनाउन सक्रिय भएका छन् । बुधबार बिहान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले बालुवाटारमा आफू निकटका नेताहरुसँग छलफल गरे भने साँझ ललितपुरको झम्सिखेलमा ओली इतर समूहको बैठक भयो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्थायी कमिटी सदस्य भीम रावलले बैठकमा केही मन्त्रीसहित करिब ३० जना सहभागी भएको जानकारी दिए । बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा समेत उपस्थित थियो । यस्तै केही मन्त्रीहरु पनि बैठकमा सहभागी रहेको र बैठकले बिहीबार बस्ने स्थायी कमिटीमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाएको रावलले जानकारी दिए ।

बैठकबारे जानकारी दिँदै रावलले भने, ‘बिहान अध्यक्ष तथा प्रधानमन्त्री ओलीले केही नेताहरुसँग छलफल गर्नुभयो, अहिले अर्को अध्यक्षले बिहानको बैठकमा सहभागी साथीहरुलाई बोलाएर के कसो हो भनेर जानकारी लिनुभएको हो ।’ उनले बैठकमा भएको निश्कर्षबारे भने केही जानकारी दिएनन् । अब कसरी अगाडि बढ्नुहुन्छ भन्ने प्रश्नमा रावलले भने, ‘भोली बैठकमै सबैकुरा हुन्छ, अहिले त के भन्न सकिन्छ र ?’

नेकपाको स्थायी कमिटी बैठकमा प्रचण्ड–माधव समूहले ओलीलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा गर्न माग गरेको छ । प्रचण्ड–माधव समूह एकजुट हुँदा ओली पार्टीको सचिवलाय र स्थायी कमिटीमा समेत अल्पमतमा परेका छन् । नेकपाको हालको विधानमा बुहमतका आधारमा निर्णय गरेर पार्टी अध्यक्षलाई हटाउन सकिने कल्पना भने गरिएको छैन । तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता भएर बनेको नेकपामा महाधिवेशनसम्म दुई अध्यक्षले पार्टी चलाउने व्यवस्था छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...