प्रहरी हिरासत कक्षमा एक जनाले गरे आत्महत्या
वि.सं.२०७७ असार १७ बुधवार १६:२९
1.5K
shares
काठमाडौं: बुधबार बिहान जावलाखेलस्थित महानगरीय प्रहरी परिसर ललितपुरमा ४ तल्ले ब्यारेक भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन लगायत ३ जना एआइजी, डिआइजीलगायत उच्च प्रहरी अधिकारी उपस्थित थिए।
ब्यारेक भवन उद्घाटन कार्यक्रमका प्रहरी महानिरीक्षक ज्ञवालीले मन्तव्य राखिरहँदा भित्र प्रहरी हिरासत कक्षमा एक जनाले आत्महत्या गरेका छन् । असार १४ गते बलात्कारको मुद्दामा ग्वार्कोबाट पक्राउ परेका २४ वर्षीय दुर्गेश यादवले शारिरीक अपाङ्गता भएकी एक महिलालाई मकैबारीमा बलात्कार गरेपछि उनी पक्राउ परेका थिए। उनले हिरासत कक्षमा रहेको तन्ना च्यातेर झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
वि.सं.२०७७ असार १७ बुधवार १६:२९




















