कांग्रेस महाधिवेशन कार्यतालिकामा हेरफेर
वि.सं.२०७७ असार १६ मंगलवार १९:४०
1.5K
shares
काठमाडौं: नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी कार्यतालिकामा केही परिमार्जन गरेको छ । मंगलबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले कोरोना महामारीका कारण असार १५ भित्र सक्ने भनिएको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने निर्णय सहित महाधिवेशन कार्यतालिका परिमार्जन गरेको छ ।
सभापतिबाट प्रमाणित क्रियाशील सदस्यहरुको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा साउन मसान्तमा बुझाउने र पुस ७ गते देशभरिका ७ हजार वडाको अधिवेशन गर्ने निर्णय सहित ७ सय ५१ वटा स्थानीय तहमा पुस ८ गते प्रदेशसभाको निर्वाचन गर्ने र पुस ११ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने भएको छ । त्यस्तै एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस १३ गते गरिसक्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुस १६ गते, प्रदेशहरुमा माघ ६ गते अधिवेशन गर्ने र पार्टीको महाधिवेशन भने पूर्वनिर्धारित मिति फागुन ७ बाट १० गतेसम्म गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिले गरेको छ ।
वि.सं.२०७७ असार १६ मंगलवार १९:४०




















