YouTube Link

कोरोना महामारीको सबैभन्दा खराब स्थिति आउन बाँकी: डब्ल्युएचओ

Facebook Link

एजेन्सीः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महासचिव डा. ट्रेडोस अधोनम घेब्रेससले कोरोना महामारीको सबैभन्दा खराब अवस्था आउन बाँकी रहेको बताएका छन् । कोरोना भाइरसका कारण विश्वभर एक करोडभन्दा धेरै मानिसमा संक्रमण भइसकेको छ भने पाँच लाख चार हजारभन्दा बढीको मृत्यु भएको छ ।

महामारीका कारण विश्वभरको अर्थव्यवस्था र सामाजिक जनजीवनमा निकै असर परेको छ । यति धेरै मानवीय र आर्थिक/सामाजिक क्षति भइसक्दा पनि महामारीको सबैभन्दा खराब स्थिति आउन बाँकी नै रहेको डा. टेड्रोसले बताएका हुन् । उनले भनेका छन्, ‘यो महामारी चाँडै अन्त्य होस् भन्ने चाहन्छौं, तर सत्य यो हो कि हामी अझै यो महामारी अन्त्य हुने विन्दुबाट धेरै टाढा छौं ।

केही देशले नियन्त्रणमा लिएजस्तो देखिएपनि विश्वभर यो समस्या कायमै छ । राष्ट्रिय र विश्वव्यापी एकतामा कमी देखिएकाले भाइरस फैलन मद्दत मिलिरहेको छ, त्यसैले खराब समय आउन बाँकी नै छ ।’ यदि विश्वभरका सरकारले महामारी नियन्त्रणका लागि सही नीतिहरु पालना गरेनन् भने यसले अरु धेरै मानिसलाई संक्रमित बनाउन सक्ने उनले बताएका छन् ।

महामारी नियन्त्रणका लागि जर्मनी, दक्षिण कोरिया र जापानले झैं काम गर्न टेड्रोसले आग्रह गरेका छन् । बेलायतले लकडाउनका बेला पालना गर्नुपर्ने नियमलाई झन् कडा बनाएको छ । लेस्टर शहरमा कोरोना भाइरस संक्रमित थपिँदै गएपछि लकडाउनमा कडाई गरेको हो । संयुक्त अरब इमिरेट्स (युएई) ले जुलाई १ तारिखदेखि धार्मिकस्थल खुला गर्ने भएको छ । त्यहाँको सरकारले सबै मस्जिद र अन्य धार्मिकस्थल खोल्ने घोषणा गरेको हो ।

हालसम्म युएईमा ४८ हजार २ सय ४६ जना संक्रमित भेटिएका छन् । संक्रमितमध्ये ३ सय १४ जनाको ज्यान गएको छ । महामारीबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा अहिलेसम्म २५ लाख ८६ हजार ८ सय ४४ संक्रमित फेला परेका छन् । यी मध्ये एक लाख २६ हजार १ सय २७ जनाले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि सबैभन्दा बढी प्रभावित ब्राजिलमा १३ लाख ६८ हजार १ सय ९५ जना संक्रमित भेटिएका छन् । त्यहाँ ५८ हजार ३ सय १४ जना संक्रमितको ज्यान गएको छ । नेपालको दक्षिणी छिमेकी देश भारतमा हालसम्म पाँच लाख ४८ हजार ३ सय १८ जना संक्रमित फेला परेका छन् भने १६ हजार ४ सय ७५ जनाको ज्यान गइसकेको छ । भारत यतिखेर कोरोना महामारीबाट अति-प्रभावित मुलुकको सूचीको चौथो स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...