YouTube Link

विदेशमा रहेका ११ हजार ५ सय ८५ नेपाली स्वदेश फर्किए

World Cup 2026
Facebook Link

काठमाडौँ: विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसका कारण विदेशमा रोजगारी गुमाएका नेपालीहरुको उद्धार कार्यक्रम अन्तर्गत आइतबारसम्म ११ हजार ५ सय ८५ जना नेपालीलाई उद्धार गरेको छ ।

अहिलेसम्म नेपाल सरकारले विभिन्न कारणले विदेशमा रोकिएका र पहिलो प्राथमिकतामा परेका नेपाली नागरिकहरुको अष्ट्रेलिया, अमेरिका, यूके, जापान, बंगलादेश लगायतका देशबाट उद्धार गरिरहेको र अन्य विभिन्न देशमा रहेका बाँकी नागरिकहरुको कार्यतालिका अनुसार उद्धार हुनेक्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले अहिले प्रवेशाज्ञाको अवधि समाप्त भएका, रोजगारी गुमाएका विद्यार्थी, छोटो अवधिका लागि भ्रमणमा गएका व्यक्ति, तालिम तथा सेमिनारमा भाग लिन गएका कर्मचारी, आफन्तको मृत्यु भई काजकिरिया गर्न आउनुपर्ने व्यक्ति तथा उपचारका लागि गएका बिरामी, आममाफी पाएर आउन नपाएका, कोरोना बाहेक अन्य कारणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुको उद्धार गरिरहेको र विदेशबाट ल्याइएका नेपालीहरुलाई सेनाले संयोजन गरेर होल्डिङ सेन्टरमा राख्ने र स्थानीय तहलाई जिम्मा लगाउने काम गरिरहेको मन्त्रालयले जनाएको छ ।

युएईबाट बुधबारसम्म २ हजार १७ जना, कुवेतबाट २ हजार २, साउदीबाट १ हजार २ सय १८, मलेसियाबाट ९ सय २१, बंगलादेशबाट ८ सय १५ र कतारबाट ६ सय ३८, अफगानिस्तानबाट १८, अष्ट्रेलियाबाट ४ सय ८३, ओमानबाट ३ सय १३, म्यानमारबाट २६, जापानबाट ४ सय ९२, थाइल्याण्डबाट ३ सय २६, दक्षिण कोरियाबाट २ सय २८, माल्दिभ्सबाट ६ सय ४, श्रीलंकाबाट ५, सिङ्गापुरबाट १ सय ४६, हङ्कङबाट ८९, पाकिस्तानबाट ७२, बहराईनबाट ४ सय २०, अमेरिकाबाट ५ सय २३, बेलायतबाट २ सय २९ गरी हालसम्म जम्मा ११ हजार ५ सय ८५ नेपाली स्वदेश फर्किएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन जारी भएपछि मात्रै वैदेशिक रोजगारीमा गएका ३ सय १८ जना नेपालीको ज्यान गएको बैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डका अनुसार पछिल्लो समय लकडाउन खुकुलो भएसँगै ८७ वटा शव नेपाल ल्याइएको बताएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...