भाइरस रिमुभिङ कार्डको भ्रममा नपर्न स्वास्थ्य मन्त्रालयको आग्रह
वि.सं.२०७७ असार १३ शनिवार १८:५९
1.2K
shares
काठमाडौं: स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बजारमा भाइरस रिमुभिङ कार्ड पत्ता लागेको र यो घाटीमा झुण्ड्याउँदा कोभिड – १९ लाग्दैन भन्ने भ्रम सिर्जना भएको भन्दै यस्तो किसिमको भ्रममा नपर्न आम सर्वसाधारणलाई अनुरोध गरेका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताका घाँटीमा भाइरस रिमुभिङ कार्ड झुण्डिएको र मन्त्रालय यस्तो गतिविधिप्रति चिन्तित रहेको गौतमले बताउनु भयो ।
गौतमले यस्तो संवेदनशील घडीमा जनतालाई बहकाएर व्यक्तिगत स्वार्थपूर्तिकालागि प्रतिष्ठित व्यक्तिका गलामा कार्ड झुण्ड्याएर प्रचार गर्ने व्यक्तिहरुलाई कारवाहीको दायराम ल्याउन मन्त्रालयले सम्वन्धीत निकायलाई अनुरोध गर्नुको साथै कोरोना नियन्त्रणका लागि अहिलेसम्म कुनै पनि किसिमको विधि र प्रकृया सुरु नभएकोले यस्ता कार्डको भ्रममा नपर्न अनुरोध गर्नु भएको छ । यदि यस्ता विधि र प्रकृया सुरुभइ प्रभावकारी पाइएमा मन्त्रालयमा दर्ता भएर प्रकृया अनुसार सरकारले नै वितरण गर्ने समेत बताउनु भयो ।
वि.सं.२०७७ असार १३ शनिवार १८:५९




















