नेपालमा १ सय ६८ किलो तौलकी महिलाले जन्माइन स्वास्थ शिशु
वि.सं.२०७७ असार १३ शनिवार १९:२६
1.2K
shares
काठमाडौं: थापाथलीस्थित नर्भिक अस्पतालमा १ सय ६८ किलो तौल भएकी महिलाले स्वस्थ शिशु जन्माएकी छन् । अस्पतालले यति बढी तौलकी महिला सुत्केरी गराएको नेपालको इतिहासमा पहिलो रेडर्क भएको दावी समेत गरेको छ ।
गत असारका १० गतेका दिन काठमाडौँ कलङ्की निवासी मेरिना हमालले शल्यक्रिया मार्फत २ दशमलव ९५ किलो तौल भएकी शिशुलाई जन्म दिएकी छिन् । बरिष्ठ स्त्री रोग तथा बाँझोपन बिशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्माको टोलीले करिब १ घण्टा १० मिनेटको सफल शल्यक्रियाद्धारा ती महिलालाई सुत्केरी गराएका हुन् । नवजात शिशु र आमाको अवस्था सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ ।
वि.सं.२०७७ असार १३ शनिवार १९:२६




















