Texas College
YouTube Link

स्थगित राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम पुन सञ्चालन हुने

Facebook Link

काठमाडौ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को कारणले स्थगित राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । गत चैत २१ र बैशाख ६ र ७ गते तय गरिएको सो कार्यक्रम कोरोना महामारी कारण देशभर लकडाउन भएपछि मन्त्रालयले उक्त कार्यक्रम स्थगित गरेको थियो ।

स्थिगित राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम देशभर लकडाउन खुकुलो भएपछि नेपाल सरकारले यहि असार २२ र २३ गते पुन सञ्चालन गर्ने स्वास्थ्य सेवा विभागले जनाएको छ । दोस्रो चरणको कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिना सम्मका २७ लाख ३ हजार ५ सय २२ बालबालिकालाई भिटमिन ‘ए’ खुवाउने र एक वर्षदेखि ५ वर्षसम्मका २३ लाख ९३ हजार एक सय ५२ बालबालिकालाई जुकाको औषधि खुवाउने तयारी गरेको छ । कार्यक्रम अन्तर्गत ४१ जिल्लाका ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई बालभिटा वितरण गरिने पोषण शाखा प्रमुख केदारप्रसाद पराजुलीले जानकारी दिए ।

यसअघि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको पहिलो चरण गत कात्तिक २ र ३ मा सञ्चालन भएको थियो । उक्त कार्यक्रम मार्फत पहिलो चरणमा ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि उपलब्ध गराइएको थियो भने ६ देखि २३ महिनाका बालबालिकाभलाई बहुसूक्ष्म पोषक तत्व बालभिटा वितरण गरिएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:३०

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित...

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:२८

काठमाडौं: सरकारले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने भएको...

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:०८

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश...

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...