काभ्रेमा प्रहरी र बुद्धचित्त लुटेरा समूहबीच गोली हानहान
वि.सं.२०७७ असार १२ शुक्रवार ०९:५२
1.5K
shares
काभ्रे: काभ्रे जिल्लाको रोशी गाँउपालिकामा बोद्धचित्त लुटेरा र प्रहरीबीच जम्काभेट हुँदा गोली हानाहान भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी कुमार विक्रम थापाका अनुसार, बोद्धचित्तको माला लुटपाट गर्न आएको समूहले बिहानै गोली चलाएको हो ।
गाउँमा बोद्धचित्त लुट्न आएको सूचना पाएपछि प्रहरीको टोली गाउँमा पुगेको थियो । प्रहरी र हतियारधारी समूहको जम्काभेट हुँदा गोली चलेको हो । लुटेरा समूहले प्रहरीलाई कुटपिट समेत गरेको र बाटोमा बम राखेर भागेको बताइएको छ । डिएसपी थापाका अनुसार, प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।
वि.सं.२०७७ असार १२ शुक्रवार ०९:५२




















